काठमाडौँ – १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज अंकतालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्स र दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सबीच भिडन्त हुँदैछ ।


ADVERTISEMENT


चेन्नईको चिदम्बरम स्टेडियममा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली अंकतालिकाको शीर्ष स्थानमा यथावत रहने उद्देश्यका साथ मैदान उत्रिँदैछ । यसअघि आफ्नै घरेलु मैदानमा पराजय व्यहोरेको दिल्लीलाई बदला लिने अवसर पनि रहेको छ । यता पछिल्लो खेलमा मुम्बई इण्डियन्ससंगको पराजयपछि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको चेन्नई आफ्नो घरेलू मैदानको फाइदा उठाउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ ।


ADVERTISEMENT

# # #


आजको खेल जित्ने टिम क्वालिफयर खेल १ खेल्नका लागि तय हुनेछ । त्यसकारण पनि यो खेल दुबै टिमका लागि महत्वपूर्ण रहेको छ । तर, चेन्नईका कप्तान कप्तान महेन्द्रसिंह धोनी खेल्छन् वा खेल्दैनन्, केही खुलाइएको छैन ।

धानी मुम्बईसंगको पछिल्लो खेलमा ज्वरो आएका कारण मैदानमा उत्रिएका थिएनन् । प्रशिक्षक स्टिफन फ्लेमिंगले धोनी खेल्ने छन् वा खेल्नेछैनन् भन्ने कुरा खेलको केही समयअघि मात्रै थाहा हुने बताए ।

सन्दीपको सम्भावना कती ?

सामान्यतया चेन्नईको पिच स्पिनरमैत्री मानिन्छ । यसअघिका खेलमा पनि त्यहाँ स्पिनर हावी भएका थिए । त्यसकारण चेन्नईविरुद्ध दिल्लीले स्पिनरलाई बढी मौका दिन सक्छ । त्यसो भएमा नेपाली युवा सन्दीपको पर्ने सम्भावना प्रवल रहेको छ ।

तर, उनले दिल्लीको स्पिनरमैत्री मैदानमा रोयल च्यालेन्जर बैंगलोरविरुद्ध खराब प्रदर्शन गरेकाले टिममा स्थान बनाउन भने निकै गाह्रो पर्ने देखिन्छ । सन्दीपले बैंगलोरविरुद्ध ३ ओभरमा ३६ रन दिएर कुनै पनि विकेट लिन सकेका थिएनन् ।

सम्भावित प्लेइङ ११

चेन्नई : शेन वाट्सन, फाफ डु प्लेसिस, सुरेश रैना/महेन्द्र सिंह धोनी (कप्तान), अम्बाती रायडू, केदार जाधव, मिशेल स्नानर, रवीन्द्र जडेजा, दीपक चाहर, हरभजन सिंह, शार्दुल ठाकुर, इमरान ताहिर।

दिल्ली : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, ऋषभ पन्त, कोलिन इन्ग्राम, शेरफन रतरफोर्ड, अक्षर पटेल, अमित मिश्रा, कगिसो रबाडा, सन्दीप लमिछाने, ईशान्त शर्मा ।