काठमाडौँ – प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर स्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


विराटनगर महानगरपालिका नं. ३ कार्यालयमा सञ्चिालित उक्त काउन्टर बिहीबारदेखि सञ्चालनमा आएको हो । वैदेशिक रोजगारीमा जाने सेवाग्रहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि उक्त काउन्टर सञ्चालनमा ल्याएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस कार्यबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास यस बैंकले लिएको छ ।