काठमाडौं– कोटेश्वर चोक नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ। सोमबार भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो। उक्त शंकास्पद वस्तु कसले राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT


बम भेटिएपछि कोटेश्वर हुँदै जाने सवारी साधन करिब २ घण्टा जाममा परेका थिए। बानेश्वरदेखि कोटेश्वरसम्मको सडक पुरै जाम थियो। प्रहरीका अनुसार कोटेश्वर हुँदै गुड्ने सवारी साधनलाई वैकल्पिक बाटोबाट जान अनुरोध गरिएको थियो। उनीहरुलाई तीनकुने चोकबाट डाईभर्सन गरिएको प्रहरीले जनाएको थियो।


ADVERTISEMENT

# # #