काठमाडौँ – स्याङयोङ गाडिको नेपालका लागि आईएमएस् मोटर्स आधिकारिक बिक्रेता ‘फ्रि स्याङयोङ क्याम्प’ अफर ल्याएको छ । कम्पनीले स्याङयोङको ग्राहकका लागि ‘फ्रि स्याङयोङ क्याम्प’ विशेष अफर ल्याएको हो ।


ADVERTISEMENT


यस अफरमा फ्रि सर्भिसिङ (गाडी सरसफाई), फ्रि हेल्थ चेकअप र इन्स्पेक्सन, लुब्रिकेन्ट्समा १५ प्रतिशत छुट, गाडीको जेनुयन पार्टस्मा १५ प्रतिशत छुट लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै यस अफरमा फ्रि डीएसएन डाइग्नोसिस र आकर्षक गिफ्ट ह्याम्पर पनि रहेका छन् । ‘फ्रि स्याङयोङ क्याम्प’ अफर २२ गते देखि बैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रा. लि. नयाँ बजार, काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।