काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति जनाए ।


ADVERTISEMENT

# # #


‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् ।’ उनले भने, ‘रामवरण यादवले नेपाल सरकार भनेका थिए । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’

उनले अघि भने, ‘हर मेजेस्टी भन्ने ? हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’

यस्तै उनले सभामुख कृषबहादुर महरा नेपालको संसदीय इतिहासकै डरपोक र काँतर भएको देउवाले दाबी गरे । ‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक सभामुख देखेकै छैन,’ उनले भने, ‘धेरै सभामुख देखेका छौं। तर यस्तो निरिह सभामुख देखेको थिइनँ।’

उनले देशमा कम्युनिस्ट शासन ल्याउन खोजिएको दाबी गरे । ‘सभामुख निरीह हुने, राष्ट्रपतिले मेरो सरकार भन्ने र जनताको लेख्ने बोल्ने अधिकारमाथि हस्तक्षेप भइरहेको छ । यही हो कम्युनिस्ट शासन’, उनले भने ।तानाशाही राणा शासनलाई फालेको इतिहास नेपाली कांग्रेससंग भएकाले कांग्रेसको दायित्व लोकतन्त्रलाई रक्षा गर्नु रहेको देउवाले बताए ।