काठमाडौँ – डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा दिएको छ । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब ५ सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको हो ।


ADVERTISEMENT


कम्पनीले हावाहुरी प्रभावित प्रदेश नं. २ स्थित बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकामा निशुल्क सेवा दिएको हो । प्रभावित क्षेत्रमा निशुल्क एन्टेना परिवर्तन, निशुल्क तार वितरण तथा जडान गरिदिएको छ । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका पीडितलाई केही मात्रामा भएपनि राहत होस् भन्ने उदेश्यले निःशुल्क सेवा दिएको हो ।


ADVERTISEMENT

# # #