प्रधानमन्त्री कप नखेल्ने


ADVERTISEMENT


काठमाडौं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् । उनी आइतबार एयर इन्डिया विमानबाट काठमाडौँ आइपुगेका हुन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै सन्दीपले समग्रमा आइपीएल आफ्ना लागि राम्रो रहेको बताए ।


ADVERTISEMENT

# # #


दिल्ली क्यापिटल्समा स्थानीय दुई प्रमुख स्पिनर भएकोले आफूले स्थान पाउन गाह्रो परेको बताए । आइपीएलमा ६ खेलमात्र खेल्न पाएका सन्दीपले ८ विकेट लिएका थिए । उनले जारी आईपीएलमा अन्तिमपटक रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध खेलेका थिए । जुन खेलमा महँगो सावित भएका सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए भने विकेट लिनबाट भने असफल रहेका थिए । यसपछि दिल्लीले खेलको चार खेलमा कुनैमा पनि सन्दीपले प्लेइङ इलाभेनमा स्थान बनाउन सकेनन् ।

‘समग्रमा राम्रै भयो । अघिल्लो वर्षको तुलनामा यो पटक धेरै खेल खेल्न पाएँ । कहिले काहीँ ब्याट्सम्यानको खाँचो पर्नाले कहिले काही बाहिर बस्नु पर्यो ।’ उनले भने, ‘हामीलाई थाहा छँदैछ, आइपीएल साँच्चै ठूलो प्रतियोगिता हो । तरपनि टिमको र व्यक्तिगत प्रदर्शन प्रति सन्तुष्ट छु ।’ यस्तै उनले नेपाली क्रिकेटलाई विश्व क्रिकेटका ठूला खेलाडीले पनि पच्छ्याउन थालेको भन्दै खुसी व्यक्त गरे ।

चेन्नईसंगको एउटा खेलमा सुरुमा टिममा परेपनि अन्तिममा किन परिवर्तन गरियो भन्ने प्रश्नमा उनले आफू टिममै नरहेको स्पष्ट पारे । यस्तै आगामी जेठ ८ गतेदेखि सुरु हुने प्रधानमन्त्री एक दिवसीय प्रतियोगिता नखेल्ने बताए । लामो समय क्रिकेट खेलेका कारण अब केही समय आराम गर्ने र परिवारलाई समय दिने सन्दीपको भनाइ थियो ।

सन्दीप रहेको टिम दिल्ली क्यापिटल्सले प्लेअफको दोस्रो क्वालिफयर राउण्डसम्मको यात्रा गरेको थियो । दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङ्गससंग पराजित भएपछि पहिलो पटक फाइनल पुग्न बञ्चित भएको थियो ।