ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशी एक सय बर्ष पुगेका छन् । संस्कृतिविद जोशीको शताब्दी जन्मोत्सवको अवसरमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् । बिहान साढे ११ बजे र्‍याली सुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्डले जन्मोत्सवको माहौल थप रमाईलो बनाउनेछन् ।


ADVERTISEMENT

# # #


पाटनवासीले काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजा बजाउनेछन् । सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो ।