काठमाण्डौ –  एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् ।


ADVERTISEMENT


शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् ।  को बन्छ करोडपति ? मा १ करोड जित्ने उनी पहिलो सहभागी हुन् ।


ADVERTISEMENT

# # #


उनलाई एक करोड रुपैयाँका लागि सोधिएको प्रश्न यस्तो छ । ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’ उनका लागि चार वटा अप्सन यस्ता थिए, अप्सन ए- २०१४ माघ १९, अप्सन बी- २०१४ फागुन ७, अप्सन सी- २०१४ मसिंर २, अप्सन डी -२०१४ पुस २५ । उनले २०१४ माघ १९ गते  उत्तर दिएर १ करोड जितेका हुन्।