ललितपुर – शताब्दी पुरुष सत्यमोहन जोशी एक सय वर्ष पुगेका छन् । संस्कृतिविद जोशीको शताब्दी जन्मोत्सवको अवसरमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठाइएको शुभकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ ।


ADVERTISEMENT

# # #


जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याइएको छ । बिहान साढे ११ बजे सुरु र्‍याली भएको र्यालीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्ड आफ्नो प्रस्तुती दिएका थिए । जोशीको एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, श्रम तथा रोजगार मन्त्री गोकण बिष्ट लगायतको समेत उपस्थित रहेको थियो ।