काठमाडौँ – नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस केयरले दमौलीको कालिका मार्गमा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर सामसुङका लागि १६ वटा सेवा केन्द्रहरुबाट सेवा दिइरहेको छ ।


ADVERTISEMENT


१७ औँ सेवा केन्द्रका रुपमा बुधबारदेखि सञ्चालनमा आएको उक्त सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले संयुक्त रुपमा गरेका छन् ।


ADVERTISEMENT

# # #


आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले कम्पनीको उद्देश्य ग्राहकलाई विभिन्न स्थानमा विशिष्ट सेवा दिनु रहेको बताए । उनले प्रत्येक सेवा केन्द्रको स्थापनासंगै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रिपछिको सेवा सहज उपलब्ध हुने जानकारी दिए ।