एजेन्सी – युवा ब्याट्सम्यान रिसभ पन्तलाई विश्वकप खेल्ने भारतीय टोलीमा नराखिएको भन्दै आलोचना भइएरहेका बेला भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले मुख खोलेको छन् ।


ADVERTISEMENT


उनले दिनेश कार्तिक अनुभवी र दबावमा आत्मसंयम भएर खेल्न सक्ने खुबी भएकाले विकेटकिपर ब्याट्सम्यान रिसभ पन्तको ठाउँमा उनलाई राखिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘दबावको परिस्थितिमा दिनेश कार्तिक आत्मसंयम राख्छन् । यसमा सबैजना सहमत हुनुहुन्थ्यो । उनीसंग अनुभव छ ।’ विराटले टाइम्स अफ इण्डियासंग कुराकानी गर्दै भनेका छन्, ‘यदि धोनीलाई केही भइहालेको स्थितिमा विकेटको पछाडि दिनेश कार्तिक उपयुक्त साबित हुन्छन् । एक फिनिसका रुपमा उनी एकदम उपयुक्त छन् ।’

सम्बन्धित समाचार : भारतले रिसभ पन्तलाई विश्वकप खेल्ने टिममा नछानेर गल्ती गर्यो : पोन्टिङ

महेन्द्र सिंह धोनी विश्व कपमा पहिलो विकेटकिपरका रुपमा टिममा रहेका छन् । १५ सदस्यीय टिममा दिनेश कार्थिकलाई दोस्रो विकेट किपरका रुपमा राखिएको छ ।

यस्तै रिसभसंगै अम्वाती रायडु पनि टिममा परेका छैनन् । भरपर्दा मध्यक्रमका ब्याट्सम्यान रायडु वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । २३ मे सम्म टिममा पविर्तन गर्न सकिने प्रावधान रहेको छ । त्यसकारण केहीले रिसभलाई टिममा राख्नुपर्ने बताउँदै आएका छन् । इङल्याण्डमा मे ३० देखि विश्वकप सुरु हुँदैछ ।