काठमाडौं । भारतले उदयपुर जिल्लामा शैक्षिक सँस्थाको निर्माण गरेको छ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका स्थित नारद आदर्श शिक्षा क्याम्पसकोे संघीय सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले शनिबार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए ।


ADVERTISEMENT


भारत सरकारको नेरु. ३ करोड २ लाख अनुदान सहयोगमा निर्मित दुई तल्ले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।


ADVERTISEMENT

# # #


नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभइ उदयपुर र यस जिल्लासँग जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका ग्रामिण भेगका विद्यार्थीको शिक्षामा पहँुच समेत बढाएको छ ।

सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएर सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको हो । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ यस क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ ।