काठमाडौँ – झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका काठमाडौंकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन्।


ADVERTISEMENT

# # #


बस बिहान ६ बजे दुर्घटनामा परेको थियो।

ना७ख ४३८७ नं को बस धादिङको गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा परेको थियो।

घटनामा परी २९ जना घाइते भएका छन् जसमध्ये १४ जनालाई सामान्य उपचारपछि काठमाडौं पठाइएको छ।

दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको गजुरी प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुंगेलले जनाए।