विराटनगर – सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको विरोधमा विराटनगरमा पत्रकाहरुले रोएर विरोध जनाएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा पत्रकाहरुले मिडिया काउन्सिलको बिरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी रोएर बिरोध जनाएका हुन । कम्युनिस्टको शासनमा रुन पनि पाइदैँन भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाईको नक्कल गर्दै प्रेस युनियन मोरङले प्रशासन अगाडि रोएर मिडिया काउन्सिलको विरोध जनाएको हो ।


ADVERTISEMENT

# # #


रुवाबासी गर्दै एक घण्टा भएको बिरोध कार्यक्रम प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष कुमार लुँइटेल, पत्रकार अनन्तराज न्यौपानेलगायत सहभागी थिए ।

प्रर्दशनमा नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति अध्यक्ष विक्रम लुईंटेल, महासचिव विवेक गौतम, शाखा अध्यक्ष बन्धु पोखरेलसहित पत्रकार संगठनका अगुवा र सक्रिय पत्रकारहरुको सहभागिता थियो ।

भिडियो हेर्नुस्