काठमाडौं – मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले सो जानकारी दिएका हुन् ।


ADVERTISEMENT


दुई पाङग्रे सवारी साधन बढि दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले पत्रकार सम्मेलनमा जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै उपत्यकाको १० ठाउँमा नमूना सडक बनाइने तयारी भइरहेको पनि उनले बताए ।

एसएसपी पन्तले सवारी चालकहरुलाई मध्यनजर गर्दै अनलाइन पेमेन्ट पनि ल्याइने तयारी भइरहेको र केही मनिामै यसले पूर्णता पाउने जानकारी दिए । उनले भने, ‘चालकहरुलाई सहज गर्ने उदेश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो ।’