काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा “महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन, २०७५” पेश भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन् । त्यसैगरी मन्त्री ढकालले “नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन” र “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन” पेश गरे ।


ADVERTISEMENT

# # #


बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष (आव) ०७६/७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५/७६ पेश गरे ।