काठमाडौँ – राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।


ADVERTISEMENT


आफूहरूले लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराए।


ADVERTISEMENT

# # #


सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक सुरू भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरू उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए।

सभामुख कृष्ण बहादुर महराले राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही समयपछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरूले आसन ग्रहण गरेका थिए।

सभामुख महराले भने, ‘माननिय सदस्यहरूले उठाउनुभएको विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु। कारणसहित केही समयपछि सरकारले उचित जवाफ दिन्छ। माननिय सदस्यहरू उहाँले उठाएको विषयहरू मेरो त ध्यानाकर्षण भएकै छ।’