एजेन्सी – पाकिस्तानले इङ्‍ल्याण्ड र वेल्समा १० दिनपछि सुरू हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि मोहम्मद अमिर र वाहब रियाजलाई टोलीमा समावेश गरेको छ ।


ADVERTISEMENT


यसअघि १५ सदस्यीय टोली घोषणा गरेको पाकिस्तानले अमिर र रियाजलाई समावेश गर्दै नयाँ टोली घोषणा गरेको हो । उनीहरु दुबै जनालाई गत महिना प्रारम्भिक टोलीबाट हटाइएको थियो । अमिर र रियाज जुनाइद खान र अलराउण्डर फहिम असरफको स्थानमा टोलीमा समावेश भएका हुन् ।


ADVERTISEMENT

# # #


२७ वर्षीय मोहम्मदले ५१ एकदिवसीय खेल खेलेका छन् । २००९ मा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यू गरेयता बलर मोहम्मदले ५१ खेलमा ६० विकेट लिएका छन् । पछिल्लो समय उनले इङल्याण्डविरुद्ध एकदिवसीय सिरिज खेले ।

२८ वर्षीय रियाजसँग भने ७९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको अनुभव छ । २००८ मा जिम्बाबेविरुद्ध डेब्यू गरेयता रियाजले एक सय दुई विकेट लिएका छन् । उनले पछिल्लो समय २०१७ मा भारतविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।

यस्तै, पाकिस्तानी टोलीमा मुख्य परिवर्तन मिडल अडर ब्याटसम्यान आसिफ अलि अबिद अलिको स्थानमा टोलीमा समावेश भएका छन् । लेगस्पिनर शदाब खान भाइरल संक्रमणका कारण इङल्याण्डविरुद्धको सिरिजबाट हटाइएका उनी टोलीमा समावेश छन् ।