काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टाका सांसद तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।


ADVERTISEMENT


सोमबार रिपोटर्स क्लब नेपालले राजधानीमा गरेको कार्यक्रममा बोल्दै देशभरका सार्वजनिक जग्गा हिनामिनामा निष्पक्ष छानबिन हुनु पर्ने बताए।


ADVERTISEMENT

# # #


आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको बालुवाटारस्थित ललिता निवासको जग्गाबारे माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको रावलले स्पष्ट पारे। माधव नेपालको सरकारमा रावल गृहमन्त्री थिए।

जग्गा प्रकरणबारे सरकारले गरेको छानबिन सत्यतथ्य हुनु पर्ने रावलको भनाइ थियो। ‘बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ। सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ। अब सरकारको छानबिनको निष्कर्ष पर्खौं,’ रावलले भने।

फरक प्रसंगमा नेता रावलले पार्टी विधानअनुसार चल्न नसकेको गुनासो पनि गरे। स्थायी कमिटिको बैठक हरेक ३–३ महिनामा बस्नु पर्ने भए पनि त्यसो नगरिको उनले। बैठक नबस्दा सरकारले गरेका कामको समीक्षा पनि हुन नसकेको उनको भनाइ छ। सरकारले गरेका काम जनअपेक्षाअनुसार नभइरहेको बेला पार्टीभित्रको बहर र समीक्षा अत्यन्त जरुरी रहेको रावलले बताए।