काठमाडौं – वेष्ट इन्डिजको चर्चित फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ ।


ADVERTISEMENT


सीपीएलले आगामी संस्करणको क्रिकेटको ड्राफ्ट गर्न लागेको हो । नेपाली समयअनुसार ड्राफ्ट राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सीपीएलले विश्वभरिका राष्ट्रबाट ५३६ खेलाडीलाई ड्राफ्टमा समावेश गरेको छ ।


ADVERTISEMENT

# # #


योपटकको ड्राफ्टमा नेपालका चार जना युवा खेलाडी पनि समावेश छन् । ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित रोहित कुमार पौडेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी रहेका छन् । युवा खेलाडीको विश्वचर्चित आफ्नो पहिचान बनाएका सन्दीप ड्राफ्टबाट क्लबमा अनुबन्धित हुने निश्चित जस्तै छ । उनले गत संस्करणमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए ।

रोहित कुमार पौडेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी भने पहिलो पटक सीपीएलको ड्राफ्टमा परेका हुन् । सोमपाल कामी अघिल्लो वर्ष युएईमा सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल)को अक्सन सूचिमा परेपनि बिक्रि हुन सकेका थिएनन् ।