एजेन्सी – भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको नेतृत्वमा बिजेपी गठबन्धनले सुनामी जित हासिल गरेको छ । कांग्रेस आइका अध्यक्ष राहुल गान्धी अमेठीबाट चुनाव हारेका छन् । यो सिट गान्धी परिवारको परम्परागत सिट थियो । उनले पत्रकार सम्मेलनमा अमेठीबाट चुनाव हारेको स्विकार गरेका छन् ।
राहुल गान्धीले हारको जिम्मेवारी समेत आफ्नो बताएका छन् । अहिलेसम्म औपचारिक घोषणा नभएपनि बिजेपीकी स्मिृती इरानी राहुल गान्धीभन्दा अगाडि छन् ।
राहुल गान्धीले अमेठीमा चुनाव हारेपनि केरलाको वायनायडबाट भने चुनाव जितेका छन् । कांग्रेस आईले सन् २०१४ को तुलनामा सिट बढाएपनि राहुल गान्धीको नेतृत्वमा चुनाव लडेको कांग्रेस नराम्रोसँग पराजित भएको छ ।
बिजेपी एक्लैले करिब ३०० सिट ल्याएको छ । युपीमा समाजवादी र बहुजन समाजवादी पार्टीबीच महागठबन्धन भएपनि बिजेपीलाई रोक्न सफल भएनन् । कांग्रेस आइले हालै जितेको मध्यप्रदेश,राजस्तान र छत्तिसगढमा समेत नराम्रोसँग निर्वाचनमा पराजित भयो ।
I accept the verdict of the people of India 🇮🇳
Congratulations to the winners, Mr Modi & the NDA.
Thank you to the people of Wayanad for electing me as your MP.
Thank you also to the people of Amethi.
Thank you Congress workers & leaders for your hard work in this campaign.
— Rahul Gandhi (@RahulGandhi) May 23, 2019
मोदीको नेतृत्वमा बिजेपीले पश्चिम बंगालमा समेत सानदार जित हासिल गरेको छ । चुनाव हारेपछि आयोजित पत्रकार सम्मेलनमा गान्धीले आफुले बिचारधाराको लडाई लड्ने बताए ।
– जितसंगै मोदीले ट्वीटरमा आफ्नो नामअघिको ‘चौकिदार’ शब्द हटाए
– प्रधानमन्त्री ओलीद्वारा मोदीलाई टेलिफोनमार्फत बधाई