काठमाडौं – ब्ल्याङ्क चेक लिएर आफुखुसी रकम बढाई चेक बाउन्स गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले स्वयम्भुमा पसल सञ्चालन गर्दै आएकी सिन्धुपाल्चोक पाङग्रेटारकी अपसरा श्रेष्ठ (कार्की) लाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


अप्सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०-२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै विश्वास दिलाई ब्ल्याङ्क चेक लिने गरेको प्रहरीले जनाएको छ । उनी आफु खुशी रकम लेखी चेक बाउन्स गराउँदै आएकी थिइन् ।


ADVERTISEMENT

# # #


अप्सराको पसलबाट विभिन्न बैकका ब्ल्याङ्क चेक लगायत सामानहरु समेत प्रहरीले बरामद गरेको छ ।