काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ)लाई १२६ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो । उसका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए । उनले ५८ बलमा एक चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


पहिलो विकेटमा लागि खडक बोहरासंग ३१ रनको साझेदारी गरेका बिपिन रावलले ५१ बलमा २ चौकाको मदतमा २१ रन जोड्दा बोहरा १९ रन बनाउँदा रन आउट भए ।

रोहन अधिकारीले १६ रन बनाउँदा कप्तान शेर मल्ल ११ रनमा पेवेलियन फर्किए । अन्यले दोहोरो अंक छुन सकेनन् । सुदुरपश्चिमले पाँच वटा विकेट रन आउटका रुपमा गुमाउँदा सस्तैमा समेटियो ।

एपीएफका लागि अभिनास बोहराले २ विकेट लिए । पृथु बाँस्कोटा, भुवन कार्की र शरद भेषवाकरले समान १ १ विकेट हात पारे ।
यसअघि प्रदेश नं ३ लाई हराएको एपीएफ आफ्नोविजयी यात्रा कायमै राख्न चाहन्छ भने शुदुरपश्चिम पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने अभियानमा छ ।

क्लबले विजयी सुरुवात गरेको छ । आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले प्रदेशनं २ लाई १७१ रनले पराजित गरेको हो ।