काठमाडौँ – सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


यस्तै दशकौँदेखि बजेटमा पर्दै आएको मुलपानी क्रिकेट मैदान यस पटक पनि बजेटमा परेको छ । दुई वर्षभित्र सम्पन्न गर्नेगरी मुलपानी मैदानका लागि १० करोड बजेट छुट्याएको छ । क्रिकेट खेलको विकास गर्नका लागि क्रिकेट एकेडेमीको विकास गरिने, निजी क्षेत्रको अग्रसरमा हुने क्रिकेट लगायतका खेलमैदानको निर्माणमा सरकारले प्रोत्साहन गर्ने सरकारको योजना रहेको छ ।


ADVERTISEMENT

# # #


१३ औँ दक्षिण एशियाली खेलकुद (साग) र नवौँ राष्ट्रिय खेलकुदको लागि रकम विनियोजन गरिएको छ । संघ प्रदेश र स्थानीय तहको सहकार्यमा खेलाडीको क्षमता विकासका कार्यक्रम अगाडि बढाउने, काठमाडौँ उपत्यकामा खेलकुद परिषद्को निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने सरकारको योजना रहेको छ ।

सबै प्रदेशमा प्रदेश सरकारको सहलगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला निर्माण गरिनेछ भने स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा खेल ग्रामको विकास गर्न ४० करोड विनियोजन गरिएको छ ।