काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएको भारतीय प्रधानमन्त्री नरेद्र मोदीको शपथ समारोहमा भाग लिन उनी दिल्ली प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


ओली दिउँसो १ः३५ बजेको उडानबाट दिल्ली गएका छन् । भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो ।


ADVERTISEMENT

# # #


मोदीले आज साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदै छन् । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । यसपटकउनले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेद्धन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्तम तय भएको छ ।