बर्दिबास । सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले बहुचर्चित मिडिया विधेयक संशोधन हुने बताएका छन् ।


ADVERTISEMENT


बर्दिबासस्थित रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय भवनको शिलान्यास र प्रादेशिक प्रसारणको शनिबार शुभारम्भ गर्दै मन्त्री बास्कोटाले विधेयकमा जायज माग समेटिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासंघ आईएनजीओकरण भएको आरोप समेत लगाएका छन् ।

”पत्रकार महासंघ आईएनजीओकरण भएको छ” उनले भने केही बुद्धिजीवीहरूले विधेयकको केही बुँदा संशोधन गरिनुपर्ने राय दिएकाले केही जायज बुँदाहरू प्रक्रियामा गएर संशोधन हुन्छन् ।