काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै नेता लेखकले भने, ‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’ सरकारले ल्याएको बजेट अदुरदर्शी र भ्रमपूर्ण रहेको पनि उनले टिप्पणी गरे । उनले यो बजेटले सरकारको उद्देश्य पूरा गर्न नसक्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको उनको आरोप छ । ‘सरकारले विकासको कुरा उधारो गरेको छ । यही तरिकाले समृद्धि आउँदैन्।’ वर्तमान सरकारले साँढे दश महिनामा ४४ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ ? भन्दै लेखकले प्रश्न समेत तेर्साए ।

उनले संघीय सरकारले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई पुरै बेवास्ता र ठगेको पनि आरोप लगाए । फरक प्रसँगमा उनले नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको भन्दै उनले सरकारले स्थिरता, विकास र समृद्धिको नारा जनतालाई सुनाउन व्यर्थ शब्दावली राखिएको दाबी गरे । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकतालाई उनले ओली र प्रचण्डबीचको भागबण्डाको संज्ञा दिए ।

मुलुकमा पछिल्लो समय व्यक्ति केन्द्रित राजनीति सुरु हुन थालेको पनि उनले जिकिर गरे ।