काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघका नेता पर्शुराम बस्नेतले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलालाई वर्खास्त गर्न माग गरेका छन् । मेयर चौधरीले आफ्नो नामसमेत जोडेर पत्रकारलाई धम्क्याउने काम गरेको भन्दै बस्नेतले बर्खास्तीको माग गरेका हुन् ।


ADVERTISEMENT


मेयर चौधरीले पत्रकारलाई धम्क्याएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै बस्नेतले उनीसंग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारे । उनले मेयर चौधरीले मानसिक सन्तुलन गुमाएको हुनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


‘समाजिक सञ्जाल र केही मिडियामा इटहरीका मेयरले मेरो नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले फेसबुकमा लेखेका छन्, ‘यदि मेरो साइनो सम्बन्ध बेगर नै नाम जोडेर पत्रकारलाई धम्क्याउने काम मेयरसापले गरेको हो भने उहाँले मानसिक सन्तुलन गुमाएको हुनुपर्छ ।’

बस्नेतले मेयर चौधरीले पत्रकारलाई धम्क्याएको भन्दै उनको राजीनामा माग गरेका छन् । ‘यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुबैतर्फबाट कारबाही गरी बर्खास्त गर्न समेत जोडदार माग गर्दछु’ बस्नेतले लेखेका छन् ।

मेयर चौधरीले पत्रकारलाई धम्क्याउँदै उनको कुटपिट गर्नका लागि करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएका थिए ।