काठमाडौँ – त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ३ लाई ११७ रनले पराजित गर्दै हार्मी लगातार तेस्रो पटक प्रधानमन्त्री कपको फाइनल पुगेको हो ।


ADVERTISEMENT


विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३०९ रन बनायो । ३१० रनको विशाल चुनौति पच्छ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाउँदै १९२ मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


उसका लागि इशान पाण्डेले सर्वाधिक ७९ रन बनाए । ११७ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरे । यसअघि पशिलो खेलमै शतक बनाएका ज्ञानेन्द्र मल्ले २६ रन बनाए । ३३ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान पारस खड्का १९ र आदिल खान १५ रनमा आउट भए ।

नन्दन यादव १८ रन बनाएर नटआउट रहे । प्रदेश ३ का लागि साहब आलमले ३ विकेट लिए । १० ओभरमा १ मेडेन राख्दै २७ रन खर्चिए । करण केसीले २ विकेट लिँदा शुसन भारी, रोहित पौडेल र कुशल मल्लले समान १ १ विकेट हात पारे ।

यसअघि आर्मीका लागि पहिलो विकेटका रुपमा हरिकृष्ण झा १२ रनमा आउट भए । दोस्रो विकेटका लागि राजु रिजाल र हरि चौहानले ७३ रनको साझेदारी गरे । हरि चौहानले ३७ बलमा ४ चौका र एक छक्का सहित ३८ रन बनाए । यस्तै ८६ बलमा ४ चौका र २ छक्कासहित ५१ रनको इनिङ खेले । यस्तै रोहित पौडेलले ४ चौका र एक छक्कासहित ३५ बलमा ४३ रन बनाए । राजेश पुलामी मगर ३९ बलमा २ चौकासहित २९ रनमा आउट भए ।

करण केसी १४ बलमा एक छक्का र २ चौकासहित २३ रनमा पेवेलियन फर्किँदा कप्तान विनोद भण्डारी र कुशल मल्लले टिमलाई उच्च स्कोरतर्फ लम्काए । उनीहरुले ५।५ ओभरमा नटआउट ६३ रनको साझेदारी गरे । विनोदले मात्र ४२ बलमा अविजित ७५ रनको शानदार इनिङ खेले । त्यसक्रममा उनले ५ चौका र ५ छक्का ठोके । यस्तै कुशल मल्लले अविजित २६ रन बनाए । उनले १७ बलमा १ चौका र २ छक्का हाने ।

प्रदेश २ का लागि नन्दन यादव र जितेन्द्र सिंह ठकुरीले समान २ २ विकेट लिए । यस्तै सोनु देवकोटा र कप्तान पारस खड्काले १ १ विकेट हात पारे । सूर्य तामाङ प्रतियोगिताकै महंगो बलर साबित भए । उनले १० ओभरमा ९१ रन खर्चिएर कुनैपनि विकेट लिन सकेनन् ।