उदयपुर – डिउटीमा खटिएको प्रहरीमाथि हात पातगरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । जिल्लाको कटारी नगरपालिका–६ स्थित बिहीबारेमा खटिएका प्रहरीमाथि उनीहरुले बियरको बोतल र बाँसको भाटा प्रहार गरेका हुन् ।


ADVERTISEMENT


उक्त आरोपमा नगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त स्थानमा हो–हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ । साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ