काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक संविधानको मर्म र भावनावि।रित भएको बताएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उक्त विधेयकले धर्म, संस्कृति र परम्परा माथि प्रहार गरेको दाबी गरेको हो ।


ADVERTISEMENT


नेपालको संविधानले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको संरक्षणप्रति प्रतिवद्धता जनाएको बताउँदै कांग्रेसले गुठी सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा भनिएको छ, ‘परम्परादेखि धर्म, संस्कृति, संरक्षण, सम्वद्र्धनका लागि गुठीको माध्यमबाट महत्वपूर्ण कार्यहरु हुँदै आएको छ । हालै सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परा माथि प्रहार गरेको छ ।’

यस्तै कांग्रेसले स्थापित गुठी र गुठीको स्वामित्वलाई समाप्त गर्न सरकारले ल्याएको विधेयकको विरुद्ध प्रदर्शन गर्दा आम नागरिकमाथि वर्वरतापूर्वक आक्रमण, धरपकड गर्ने र अन्धाधुन्ध बल प्रयोगका साथै पानीको फोहरा समेत प्रहार गरेको घटनाप्रति घोर भर्त्सना गरेको जनाएको छ ।

यस घटनापछि सरकारले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि ठाडो हस्तक्षेप गरेको कांग्रेसको ठहर छ । ।

‘संविधानको प्रतिकूल, धर्म, संस्कृति र परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी ल्याइएको विधेयकप्रति नेपाली कांग्रेसको घोर आपत्ति रहेको छ र यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।’ विज्ञप्तीमा भनिएको छ, ‘सरोकारवालाहरुको माग र जनताको चाहना विपरीत आएको विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालाहरुसँग सार्थक संवाद मार्फत् सहमतिका आधारमा तत्काल समाधान खोज्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

यससम्बन्धी गृहमन्त्रीको जवाफको माग गर्दै कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।