काठमाडौँ – भारतले नेपालको पुनर्निर्माका लागि १ अर्ब ६० करोड सहयोग गरेको छ ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव डा. राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीहरुलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हालसम्म भारतले नेपाललाई ४ अर्ब ५० करोड नेपाली रुपैयाँ प्रदान गरिसकेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनर्निमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरुलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ ।

कार्यक्रममा सरकारका तर्फबाट अर्थमन्त्री खतिवडाले भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना व्यक्त गरे ।

उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना पूरा गर्न प्रतिवद्ध रहेको कुरा दोहोर्याए ।