काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठीसम्बन्धी विधेयकको विरुद्ध प्रदर्शन गर्नेहरुमाथि भएको प्रहरी हस्तक्षेको बारेमा मोगेको प्रश्नको जवाफ दिएका छन् ।


ADVERTISEMENT


सोमबार राष्ट्रिय सभामा सार्वजनिक महत्वको बारेमा बोल्दै गृहमन्त्री बादलले गुठी विधेयकविरोधी प्रदर्शन कानुनअनुसार नभएकाले सामान्य बल प्रयोग गरेको बताए । कांग्रेसले आजै सरकारले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकारमाथि हस्तक्षेप गरेको र सर्वसाधारणमाथि धरकपड गरेको भन्दै गृहमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसमा बैठक अवरुद्ध गरेको थियो ।।


ADVERTISEMENT

# # #


कांग्रेसलाई जवाफ दिँदै गृहमन्त्री थापाले प्रदर्शनकारीले सडकै सुतेर बाटो अवरोध गरेको र प्रहरीले पटक पटक माइकिङ गर्दा समेत अटेर गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले सामान्य बल प्रयोग गरेको बताए ।

‘प्रदर्शनकारीहरुले माइतीघर मण्डलाको सडकमा नै सुतेर सवारी आवागमनलाई अवरुद्ध गरेका थिए । हाम्रो कानुनले के भन्छ भने सार्वजनिक सवारीलाई अवरुद्ध गर्न पाइँदैन । शान्ति र अमनचयनलाई खलल पुर्याउन पाइँदैन भनेर हाम्रो कानुनले भन्छ ।’ उनले भने, ‘सडक अवरुद्ध गर्ने कुनै लोकतान्त्रिक अधिकार होइन । प्रहरीलाई ढंगा–इट्टा हानेर मुखै फेडिदिने कुनै लोकतान्त्रिक अधिकार होइन । त्यसकारण नागरिकहरु पनि विधि र कानुनअनुसार चल्नुपर्छ ।’

सवारी साधान, सर्वसाधारणको घर र ज्यानको क्षती हुन नदिन प्रहरीले पानीको फोहोरा प्रहार गर्दा समेत भिड नियन्त्रमा नआएकोले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको गृहमन्त्रीले बताए ।

घटनाबारे महानगरीय प्रहरीबाट छानविन भइरहेको र दोषी देखिएका प्रदर्शनकारी वा प्रहरी जो भएपनि कारबाहीको प्रक्रियामा लगिने गृहमन्त्रीले बताएका छन् ।