काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले फिर्ता नलिए मुलुकमा भयावह अवस्था सिर्जना हुने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुख कृष्णबहादुर महरासँग समय माग गर्दै कांग्रेस सांसद राजन केसीले विधेयक फिर्ता नलिए कांग्रेसले आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


उनले विधेयक कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने जिकिर गर्दै सरकारसँग तत्काल विधेयक फिर्ता लिन माग गरे । ‘‘यो विधेयक कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन । सरकारले तत्काल विधेयक फिर्ता नलिए मुलुकमा भयावह अवस्था सिर्जना हुन्छ,’ केसीले चेतावनी दिँदै भने, ‘‘काठमाडौंको एक जना पनि घरमा बस्दैन । काठमाडौं घेराबन्दी हुनेछ ।’


ADVERTISEMENT

# # #


उनले सरकारलाई गत आइतबार माइतीघरमा गुठियारमाथि भएको प्रहरी दमनको छानविनका लागि तत्काल आयोग गठन गर्न पनि माग गरे । ‘‘अस्ति राजधानीबासीलाई जसरी निर्ममतापूर्वक लाठीचार्ज गरियो, त्यसको छानविनका लागि तत्काल आयोग गठन होस्,’ सांसद केसीले भने, ‘‘र, यो विधेयक सरकारले फिर्ता लिएन भने यसले ठूलो रुप लिन सक्छ, म यसको चेतावनी पनि सरकारलाई दिन चाहन्छु ।’