काठमाडौँ – स्थानीय तहमा कर्मचारी नियुक्तिका लगि लोकसेवा आयोगले निकालेको विज्ञापन स्थगित गर्नुपर्ने संसदीय राज्य व्यवस्था समितिको निर्देशनविरुद्ध विद्यार्थी आन्दोलित बनेका छन् ।


ADVERTISEMENT


नेपालले राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकार र लोक सेवा आयोगलाई दिएको उक्त निर्देशन मान्य नहुने भन्दै लोक सेवा तयारी तदर्थ संघर्ष समिति आन्दोलित बनेको हो ।


ADVERTISEMENT

# # #


माइतीघर मण्डलादेखि सुरुभएको नाराजुलुस सहितको विरोध प्रदर्शन बानेश्वर गएर कोणसभामा परिणत भएको थियो । संघर्ष समितिमा आवद्ध विद्यार्थीहरूले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरूद्ध सो निर्देशन दिएकाले त्यसविरूद्ध सडक संघर्ष सुरू गर्नुपरेको बताएका छन्।

विरोध प्रदर्शन गर्नेहरुले हातमा ‘रोजगारीमा आरक्षण खारेज गर’, लोकसेवामा हस्तक्षेप चाहिँदैन, नातावाद कृपावाद भित्र्याउन पाईँदैन’, ‘लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड नगरियोस्’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोक्दै नाराबाजी गरेका थिए ।