काठमाडौं – युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा एकजना युट्युब सञ्चालक पक्राउ परेका छन् । युट्यब च्यानल मेमे नेपालका सञ्चालक सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयनगरका प्रनेश गौतमलाई पक्राउ गरिएको हो ।


ADVERTISEMENT


भक्तपुर बालकोट बस्ने २४ वर्षीय गौतमलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार काठमाडौँको टेकुबाट पक्राउ गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘वीरबिक्रम २’ को प्रचार प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात गौतमले फिल्मलाई बाधा पुग्ने क्रियाकलाप गरेको भन्दै जाहेरी दिएका थिए ।

उनको जाहेरीमा गौतमले युट्युबमार्फत निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको व्यापार व्यवसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको आरोप लगाइएको छ ।

गौतमलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।