काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिर्ने निर्णय गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो ।

सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरुको मुख्य माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । महासंघले आफूहरुको बैंक धरौटीमा राखेको रकमको व्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


महासंघले आफूहरुको सबै माग सार्वजनिक खरिद ऐन संशोधनको बेला सम्बोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरेपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको पनि स्पष्ट पारेको छ ।

अध्यक्ष सिंहले भुक्तानी गर्न बाँकी रहेका निर्माण व्यवसायीहरुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराए । कालो सूचिमा परेका निर्माण कम्पनीलाई ठेक्का नदिने लगायतका प्रावधानसहितको सार्वजनिक खरिद नियमावली ल्याएपछि महासंघले त्यसको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो ।

प्रतिकृया

प्रतिकृया