काठमाडौँ – आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरेका थिए । दुर्लभ रक्त समुह भएका भोला सापकोटा पर्यटन व्यवसायी तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । रक्तदान जस्तो पवित्र सामाजिक कार्यमा सरिक हुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरे ।


ADVERTISEMENT

# # #


सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सलाम एयरको नेपाल जीएसए हो । मध्यपूर्वी एसियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहाने नेपालीलाई लक्षित गरि सलाम एयरले आइएमई ट्राभलको सहकार्यमा हवाई सेवा संचालनमा ल्याएको हो ।