दार्चुला – दार्चुलामा शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ।


ADVERTISEMENT


मंगलबार नौगाड गाउँपालिका–४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालय बन्द रहेको समयमा साढे चार बजेतिर शौचालयको छतमा खेल्दै गर्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा अन्दाजी ८ वर्षीया निरुता ठगुन्ना, १० वर्षीया अनुष्का धामी, ५ वर्षीया युनिका ठगुन्ना र ८ वर्षीय सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयले उद्धार कार्य जारी राखेको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए।