काठमाडौं – प्रधानसेनापति महारथी अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका छन् ।

बेलायती सेनाका प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल संयुक्त अधिराज्य बेलायतको भ्रमणमा गएका हुन् ।

नेपाली सेनाका अनुसार उनको भ्रमण असोज १९ गतेदेखि २५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता तथा विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भ्रमण हुन लागेको नेपाली सेनाले जनाएको छ।

भ्रमणका क्रममा दुई देशका सेनाबीचको आपसी सहकार्य, सैनिक तालिम, अनुभव आदानप्रदान तथा व्यावसायिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।