रुपन्देही – बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक् पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय केशव बराललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।