पोखरा – पोखराको उत्तमचोकमा गोली चलेको छ । उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा चेकजाँचका क्रममा प्रहरी पुगेको थियो । प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो ।


ADVERTISEMENT


लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन। र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।