एजेन्सी – औंलाको चाटका कारण विश्वकपबाट बाहिरिएका भारतीय क्रिकेटर शिखर भवनको स्थानमा रिसभ पन्तलाई छनोट गरिएको छ । २१ वर्षीय विकेट किपर ब्याट्सम्यान पन्त भारतीय टिममा समावेश हुनेगरी इङल्याण्ड प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


औंलाको चोटका कारण धवन तीन साताका लागि बाहिरिएपछि रिसभलाई मौका दिइएको हो । उनी बुधबारनै इङल्याण्ड पुग्नेगरी भारतबाट प्रस्थान गरिसकेका छन् । विश्वकपट टिमका लागि रिसभ पन्तलाई छनोट नगरिएको भन्दै चौतर्फी आलोचना भएको थियो । दोस्रो विकेटकिपरको रुपमा रिसभको ठाउँमा दिनेश कार्थिकलाई राखिएको थियो ।


ADVERTISEMENT

# # #


भारतीय क्रिकेट बोर्डका एक पदाधिकारीले प्रेस ट्रस्ट अफ इण्डियालाई बताए अनुसार टिममा बोलाइएपनि रिसभले बिहीबार हुने न्यूजिल्याण्ड विरुद्धको खेलमा मौका पाइहाल्ने सम्भावना भने छैन । ‘टिम व्यवस्थापनको आग्रह अनुसार धवनको स्थानमा रिसभलाई बोलाइएको हो’ उनले भने ।

९ जुनमा अष्ट्रेलियाविरुद्धको खेलमा ब्याटिङ गर्दा कल्टर नाइलको बल बायाँ हातमा लागेपछि औला फ्क्चर भएको थियो । भारतले जितेको उक्त खेलमा नायक धवनले चोटका बाबजुत पनि ११७ रन बनाएपनि फिल्डिङ गरेका थिएनन् । उनको स्थानमा फिल्डिङ रवीन्द्र जडेजाले गरेका थिए । जाँचपछि उनको हातको औँला फ्याक्चर भएको पत्ता लागेको हो ।

सम्बन्धित समाचार
– भारतलाई झट्का : शिखर धवन विश्वकपबाट बाहिरिए, को आउला उनको स्थानमा ?
– भारतले रिसभ पन्तलाई विश्वकप खेल्ने टिममा नछानेर गल्ती गर्यो : पोन्टिङ

उनी तीन साताका लागि टिम बाहिर हुनेछन् । यद्दपी टिमबाट बाहिरिएपनि उनी इङल्याण्डमै भारतीय क्रिकेटबोर्डको मेडिकल टिमको निगरानीमा रहनेछन् ।