काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रथम चरणको राष्ट्रिय जागरण अभियान सफल भएको दाबी गरेको छ । प्रथम चरणको अभियान वैशाख २५ देखि जेठ २५ सम्म भएको थियो ।


ADVERTISEMENT


बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता शर्माले जागरण अभियानले कांग्रेसको लोकप्रियता बढेको दाबी गरे । उनले एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर क्षेत्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएको जनाए ।


ADVERTISEMENT

# # #


उनले अभियानका क्रममा ३१ हजारभन्दा बढी कांग्रेस प्रवेश गरेको दाबी गरे । । ‘अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१६४२ ले प्रवेश गरेका छन् ।’ उनले भने, ‘प्रवेश गर्नु हुनेमा साधारण सदस्यता देखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।’

उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ । कांग्रेसको दोस्रो चरण पूर्व घोषणा अनुरुप भदौ २४ गते (विपी जयन्तीका दिन)बाट सुरु भई असोज ७ गतेसम्म चल्ने उनले जानकारी दिए ।