एजेन्सी – भारतको राजस्थानस्थित बाडमेरमा बुधबार राती एक प्रेमजोडीले संगै गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुभन्दा पहिले उनीहरुले कञ्चटमा पेस्तूल राखेर फोटो खिचेका थिए । उक्त फोटो सामाजिक सञ्जालमा शेयर गरेर उनीहरुले आत्महत्या गरेको बताइएको छ ।


ADVERTISEMENT


एकाबिहानै दुबैको शव देखेपछि गाउँमा सनसनी फैलिएको थियो । प्रहरीका अनुसार बाडमेरको लीलसर गाउँमा रहने उनीहरु एकअर्कालारुई प्रेम गर्दथे । तर, आफन्तहरु उक्त सम्बन्धको विरुद्ध थिए । आफुन्तले विहेको अनुमति नदिएपछि बुधबार राती उनीहरु घरबाट निक्लिएर गाउँभन्दा टाढा गएर बसे । त्यसपछि पेस्तोलसहितको फोटो खिचेर साथीलाई पठाएका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि संगै उभिएर उनीहरुले आफ्नो कञ्चटमा गोली हानेका थिए । दुबैको घटनास्थलमा मृत्यु भएको थियो । उक्त स्थानमा बियरका केही बोतलहरु पनि भेटिएको प्रहरीले जनाएको छ । बिहानै एक गाउँलेले दुबैको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।