काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो ।


ADVERTISEMENT


मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ । यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।


ADVERTISEMENT

# # #


महानिर्देशक दाहालका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो ।

यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने जनाइएको छ । बढेको भाडा असार १ देखि लागू हुने विभागले जनाएको छ ।