सिन्धुपाल्चोक – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरु बीच एकता पैदा गरेको बताउँदै सोही एकताका कारण संविधान बनेको बताए।


ADVERTISEMENT


सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६ माङ्खामा बिहिवार आयोजित श्री कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन गर्दै अध्यक्षले भने, ‘हाम्रो युद्धले नेपालमा शान्ति जन्मायो । युद्धमा सहभागीलाई थाहा हुन्छ, युद्धको पीडा के हुन्छ र शान्ति महत्व के हुन्छ भन्ने । भूकम्पले नेताहरुको अंकार तोड्यो र सबै जनताको सेवामा एकजुट भए । सोही एकताका कारण संविधान निर्माण सम्पन्न भयो ।’


ADVERTISEMENT

# # #


उनले आफू प्रतिपक्षमा रहेपनि विकासकारी भूकम्पमा सबै दलहरुलाई राहात र उद्दारमा सहभागी हुन आव्हान गरेको स्मरण गरे ।

नकारात्मक कुरालाई सकारात्मक कुरामा रुपान्तरण गर्न सकिने यो एक उदाहरण भएको उनको भनाई थियो । अध्यक्षले भने, ‘समृद्धिका लागि हामीले छिमेकी र अन्तराष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्धको वातावरण बनाएर नेपाललाई नयाँ युग तिर लैजानुपर्ने आवश्यकता छ । त्यो कामको सुरुवात भई नै सकेको छ ।’

उनले भूकम्पको समयमा आउँदा गाउँमा पीडा देखेको स्मरण गर्दै अहिले सबैमा प्रसन्नता, जोस र उमङ्ग आफूले पाएको पनि बताए । अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकवासीको विकास र समृद्धिमा सधैं आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपालमा राजनीतिक स्थायीत्व मूलभूत रुपमा प्राप्त भईसकेको बताउँदै अब आर्थिक समृद्धिको नयाँ युग तिर देशलाई लिएर जानुपर्नेमा जोड दिए । उनले भने, ‘नीजि क्षेत्र र सार्वजनिक क्षेत्रको सहयोग विना अहिलेको २१औं शताब्दीमा विकासलाई गति दिन सम्भव छैन ।’

अध्यक्ष प्रचण्डले तातोपानी नाका जनताका लागि जसरी खुल्नु पथ्र्यो त्यसरी खुल्न अझै बाँकी रहेको बताउँदै त्यसका लागि अझै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।