काठमाडौँ – महालक्ष्मी विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । बैँकले बिहीबार कावासोती नगरपालिका वडा नं ८ मा नयाँ शाखा सञ्चालन गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको समुद्घाटन कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले गरेकी थिइन् । कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए ।


ADVERTISEMENT

# # #


उनले महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए । यसका अतिरिक्त बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाए । विशेषतः उनले सो क्षेत्रमा महिला साक्षरता अन्तर्गतका कार्यक्रमहरुमा बैंकले पर्याप्त सहयोग गर्ने जनाए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।