काठमाडौं – यो वर्षको विश्वकप क्रिकेट खल्लो महशुस हुन थालेको छ । वर्षाले चार खेल रद्द भइसकेको छ । त्यसैले अहिले विश्वकप आयोजनास्थल इंग्ल्याण्डमाथि नै प्रश्न उठ्न थालेको छ ।


ADVERTISEMENT


जुन ७ तारेखमा श्रीलंका र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भयो । दुबै टिमले १–१ अंक बाँडे । त्यस्तै, दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि वर्षाकै कारण रद्द भयो । फेरि श्रीलंका र बंगलादेशबीचको खेल पनि पानीले विथोलियो । एकपछि अर्को खेलमा वर्षाको कारण रद्द हुने क्रममा भारत र न्युजिल्यान्डको खेल पनि रद्द भयो ।


ADVERTISEMENT

# # #


लगातार खेलको समयमा पानी परेपछि विश्वकप नै खल्लो भएको छ । पानी अथवा विभिन्न कारणले खेल रद्द हुदा के हन्छु रु खेलमा दुबै टिमले बराबर रन बनाएर खेल बराबरी भए नतिजा कसको पोल्टामा जान्छ रु यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ नियम बनाएको छ ।

१. सुपर ओभर

विभिन्न फ्रेन्चाइज लिगको सबै खेलमा रन बराबर हुँदा सुपर ओभरबाट विजेता टिमको टुंगो लगाइन्छ । जहाँ एक ओभरको खेल हुनेछ । तर विश्वकप क्रिकेटमा यस्तो हुने छैन ।

आईसीसीको नियमअनुसार विश्वकपमा सुपर ओभर सेमिफाइनल र फाइनलमा मात्रै हुनेछ । समूह चरणको खेल बराबर भएमा दुबै टिमले अंक बाँड्नेछन् ।

२.टाइब्रेकर

क्रिकेटमा कुनै बेला टाइ–ब्रेकरबाट विजेताको छिनोफानो लाग्ने गरेको छ तर यो विरलै हुने गर्छ । सेमिफाइनल र फाइनलमा मात्रै सुपर ओभर हुने भएपछि टाइ–ब्रेकर पनि यीनै खेलमा हुने सम्भावना हुन्छ । तर अत्यन्तै कम मात्रामा ।

आईसीसीको नियमअनुसार टिमको जितको संख्या, नेट रनरेट, हेड टु हेड खेलको नतिजा र प्रि टुर्नामेन्ट सिडिङमा जुन टिम अगाडि छ, त्यो टिम नै विजेता हुनेछ ।

३. रिजर्भ डे

आरक्षित दिन (रिजर्भ डे) विश्वकपमा सेमिफाइनल र फाइनलमा मात्रै छ । आईसीसीको विश्वकप नियमअनुसार समूह चरणको खेलमा कुनै रिजर्भ डे छैन ।

४. सेमिफाइनल रद्द भए ?

सेमिफाइनलको खेल पानी परेर वा कुनै कारणले रद्द भए कुन टिम फाइनलमा जाने छ रु लिग चरणको अंक तालिकामा अगाडि रहेको टिम फाइनलमा पुग्ने आईसीसीले नियम बनाएको छ ।

५. फाइनल खेल रद्द भए ?

विश्वकप क्रिकेटको फाइनल खेल रद्द भएमा विजेता कुन टिम हुनेछ ? यसमा आईसीसीको नयाँ नियमले भन्छ – यदि फाइनल खेल नै रद्द भएमा फाइनल पुग्ने दुबै टिम संयुक्त रुपमा विजेता घोषित हुनेछन् ।